काठमाडौं। सरकारले विश्वव्यापी रुपमा फैलिएको कोरोना कोभिड–१९ भाइरस नियन्त्रण तथा रोकथामका लागि चैत ११ गतेदेखि लागु गरेको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरीले कारबाही जारी राखेको छ ।
लकडाउनको १४ औं दिन सोमबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउनको अवज्ञा गर्ने काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले ७८७ वटा सवारीसाधन नियन्त्रणमा लिएको हो ।
महाशाखाका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमध्ये ७१९ दुई पांग्रे र ६८ चार पांग्रे रहेका छन् । अनुमति नलिई आफूखुसी चलाएका सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।
प्रकाशित मितिः २०७६ चैत्र २५ मंगलबार
Comments