धनुषा । मिथिला नगरपालिका–६ मगरटोलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाकै धनौजी गाउँपालिका–५ का २६ वर्षीय अजय कुमार मण्डल रहेको प्रहरीले जनाएको छ ।
ढल्केबरबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश २–०२–००२ प १६५७ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक मण्डलको उपचारको क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
प्रकाशित मितिः२०७६ चैत्र २१ शुक्रबार
Comments