चितवन । ज्वरो आएर उपचारका लागि गएकी एक बिरामीको चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको छ । हेटौंडाबाट रिफर भएर आएकी सिन्धुलीको हरिहरपुर गाउँपालिका–२ की २६ वर्षीया उषाकुमारी राईको आज बिहान ४ बजे मृत्यु भएको हो ।
गएराति १ बजे अस्पतालको आकस्मिक कक्षमा ल्याइएकी उनको आइसीयूमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु भएकी युवतीको स्वावब परीक्षण गर्ने तयारी भइरहेको अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार स्वाब परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइने र नतिजा नआएसम्म शव सुरक्षित राखिने छ ।
प्रकाशित मितिः२०७६ चैत्र २१ शुक्रबार
Comments