भक्तपुर । नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना परीक्षण शुरु गरिएको छ भने मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको यो अस्पतालले गरेको पूर्व तयारीले आज पूर्णता पाएको हो । सञ्चालनको तयारी दुइ हप्ता अघि देखि गरिनुका साथै भक्तपुरमै पहिलो पटक कोरोना परीक्षण शुरु गरेको हो ।
यसअघि नमूना सङ्कलन गरी टेकु अस्पताल पठाउँदै आएकोमा अब यो अस्पतालमै कोरोना परीक्षण हुने नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । उनले भने अब कोरोना परीक्षणका लागि टेकु अस्पताल जानु पर्ने बाध्यतालाई अनत्य गर्दै नगरपालिकाले सञ्चालनमा ल्याएको ल्याबबाटै परीक्षण गर्न सकिने छ ।
नगरपालिकाले कोभिड–१९ को परीक्षण गर्ने ल्याब, एम्बुलेन्स, आइसोलेसनदेखि क्यारेन्टाइनसम्म सबै तयारी अवस्थामा राखेको श्रेष्ठले जानकारी दिए । ।
अस्पताल नजिकै रहेको भाडाको घरमा पोलिमराइज चेन रिएक्सन पिसीआर मेशिनसहितको ल्याब सञ्चालनमा ल्याएको छ । सो ल्याबमा मलेकुलर ल्याब र हिस्टो ल्याब पनि सञ्चालनमा ल्याइएको श्रेष्ठले जानकारी दिए ।
उनले भने सो ल्याबमा विभिन्न रोग सार्स, डेङ्गु, स्वाइनप्लू, क्यान्सर एवं शरीरका विभिन्न अङ्गका ट्युमरकोसमेत परीक्षण गर्न सकिने छ । ल्याब टेष्टका लागि विदेश पठाउँदा महङ्गो र रिपोर्ट आउन धेरै समय लाग्ने भएकाले यही परीक्षण गर्दा सरल एवं छिटो हुने उनले दाबी गरे ।
२६ डाक्टर र पाँच कन्सल्टेन्टसहितको स्वास्थ्यकर्मीको टोलीलाई आवासीय सुविधासहित २४सै घण्टा अलर्टमा राखिएको छ श्रेष्ठले जानकारी दिए । छ श्ययाको आइसोलेसन वार्ड सञ्चालनमा ल्याउनुका साथै आपत्कालीन समयमा प्रयोग गर्ने मिल्ने गरी १० बेडको आइसोलेसन वार्ड तयारी अवस्थामा राखेको उनले बताए ।
रिपोर्ट नेगेटिभ आए घर पठाइने र पोजेटिभ रिपोर्ट आए, सो रिपोर्टलाई टेकु अस्पताल पठाइनेछ ब्यस्था रहेको उनले जानकारी दिए। उनले भने नगरपालिकाले विदेशबाट फर्किएका ३२ जनाको नमूना सङ्कलन गरी परीक्षण शुरु गरेको छ ।
Comments