काठमाडौँ । नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ यो सँगै नेपालमा छैँटौँ कोरोना भाइरसका संक्रमित फेला परेका हुन्।
स्वास्थ्य मन्त्रालयका अनुसार चैत ४ गते कतार एयरको क्युआर ६५२ फ्लाइटबाट दोहाबाट काठमाडौँ आएका व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएको हो।
यसअघि सोही जहाजबाट आएकी एक युवतीलाई कोरोना संक्रमण देखिएको थियो । उनी अहिले उपचाररत छिन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार १०५ जना देशका विभिन्न क्षेत्रमा रहेका अस्पतालको आइसोलेसमा छन्।
यसअघि कोरोना भाइरसको संक्रमण देखिएका एक युवा निको भएर घर फर्किसकेका छन् भने बाँकी चार जनाको उपचार चलिरहको छ।
प्रकाशित मितिः२०७६ चैत्र २० बिहिबार
Comments