काठमाडौ । कोरोना कोभिड–१९ भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामै सोमबार विश्वका तीन हजार ७१५ व्यक्तिले ज्यान गुमाएका छन् । योसँगै विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३७ हजार ७८० पुगेको छ । हालसम्म संक्रमितको संख्या सात लाख ८४ हजार ३८१ पुगिसकेको छ । गएको २४ घण्टामा कोरोना संक्रमणबाट स्पेनमा सबैभन्दा बढी ९१३ जनाले ज्यान गुमाउनु परेको छ ।
योसँगै स्पेनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या सात हजार ७१६ पुगेको छ । त्यहाँ अहिलेसम्म ८७ हजार ९५६ जना संक्रमित भइसकेको विश्व स्वास्थ्य संगठन ९डब्ल्युएचओ० ले जनाएको छ ।
स्पेनपछि सोमबार सबैभन्दा धेरै इटालीमा ८१२ जनाको ज्यान गएको छ । इटालीमा संक्रमितको संख्या एक लाख नाघेको छ । त्यहाँ अहिलेसम्म एक लाख एक हजार ७३९ जना संक्रमित भएका छन् । अमेरिकामा गएको २४ घण्टामा कोरोना संक्रमणबाट ५६५ जनाको ज्यान गएको छ ।
अमेरिकामा सोमबार एकै दिन करिब २० हजार नयाँ संक्रमित थपिएका छन् । योसँगै अमेरिकामा संक्रमितको संख्या एक लाख ६३ हजार ४७९ पुगेको छ । त्यहाँ कोरोना संक्रमणबाट अहिलेसम्म ३१ सय ४१ जनाको मृत्यु भएको छ ।
फ्रान्समा कोरोना संक्रमणबाट सोमबार ४१८ जनाको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म मृतकको संख्या तीन हजार नाघेको छ भने साढे ४४ हजारभन्दा धेरै संक्रमित भएका छन् ।
त्यसैगरी युकेमा सोमबार कोरोना संक्रमित १८० जनाको मृत्यु भएको छ । त्यहाँ २२ हजार १४१ जना संक्रमित छन् । यस्तै इरानमा सोमबार कोरोना संक्रमित ११७ जनाको मृत्यु भएको छ । त्यहाँ मृतकको संख्या दुई हजार ७ ५७ र संक्रमितको संख्खा ४१ हजार ४९५ पुगेको छ । जर्मनीमा सोमबार १०४ जनाको कोरोनाबाट ज्यान गएको छ । त्यहाँ संक्रमितको संख्या ६६ हजार ८८५ पुगेको छ ।
यता छिमेकी देश भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । त्यहाँ सोमबार एकै दिन यसको संक्रमणबाट पाँच जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म त्यहाँ एक हजार २५१ जनामा यसको संक्रमण देखिएको छ ।
अर्को छिमेकी देश चीमा सोमबार कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ । चीनमा ३१ जना नयाँ संक्रमित थपिमएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या चीनमा तीन हजार ३०४ पुगेको छ ।
प्रकाशित मितिः२०७६ चैत्र १८ मंगलबार
Comments