काठमाडौैं । आज पनि मुलकभरको मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पुर्वी तथा मध्य भू–भाग नजिक बनेको न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको छ ।
महाशाखाका अनुसार देशका अधिकांश भू–भागमा अहिले सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ । मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही मध्य र पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने मौसमविदले बताएका छन् । पूर्वी भू–भागका केही स्थानमा र मध्य र पश्चिमी क्षेत्रका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
राति मध्य क्षेत्रमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने मौसमविदले अनुमान गरेका छन् । मध्य र पश्चिमी तराईका एक–दुई स्थानमा मेघ गर्जन् र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
प्रकाशित मितिः २०७६ फागुन १४ बुधबार
Comments