भक्तपुर । भक्तपुर सूर्यविनायक नगरपालिका–७ गुण्डूस्थित पाथीभरा मन्दिरमा आगामी चैत ४ गतेदेखि ८ गतेसम्म द्वारकाधीश एवं पाथीभरा वैष्णोदेवी माताको प्राण प्रतिष्ठा हुने भएको छ ।
संगीतमय कथा वाचक एवं १०८ भागवत बाचक अरबिन्द्र शास्त्रीको मुखारबिन्दबाट मन्दिरको प्राण प्रतिष्ठा हुने भएको हो । पाथीभरा मन्दिर व्यवस्थापन समितिको बैठकले चैत ४ गतेदेखि ८ गतेसम्म माताको प्राण प्रतिष्ठा गर्ने निर्णय गरेको हो ।
चैत ४ गते कलश यात्रा एवं महायज्ञ समुद्घाटन हुने र कथा वाचन आरम्भ गरिने, ५ देखि ८ गतेसम्म दैनिक कथा वाचन गर्ने, पाँचै दिन बिहान ५ बजेदेखि ७ बजेसम्म मण्डप पूजा, ७ देखि १० बजेसम्म पाठ पारायण, ११ः३० देखि ३ः३० बजेसम्म कथा वाचन गरिने १०८ भागवत बाचक अरिबन्द्र शास्त्रीले जानकारी दिए । ८ गते द्वारकाधिश स्थापना गर्ने र मन्दिरमा छत्रिय अपर्ण गरिनेछ ।
प्रकाशित मितिः २०७६ फाल्गुन १० शनिबार
Comments