काठमाडौँ । शनिवार बिहान नवलपरासीमा भारतीय नम्वर प्लेटको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ७ जना गम्भीर घाइते भएका छन् । बिहान करिव ६ बजेको समयमा नवलपरासीको सुनुवल-३ स्थित महेन्द्र राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको युपी ३२ जेजे ३२५३ नम्बरको भारतीय कार आफै अनियन्त्रित भई पल्टिदा सवार आठ जना मध्ये एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बारा जिल्ला झिटक्या गाउँपालिका- २ का ५५ बर्षीय रियाजुल मिया रहेको प्रहरीले जनाएको छ । नवलपरासीका प्रहरी प्रबक्ता डिएसपी बीरेन्द्र थापाले अन्य ७ जनाको बुटवलको जेनस अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।
प्रकाशित मितिः २०७६ फागुन ३ शनिबार
Comments