काठमाडौँ । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी-२ का पदमनिधि पण्डित रहेका छन् ।
अत्तरियाबाट गोदावरी तर्फ जाँदै गरेको से.७ प. ४०७९ नम्बर को मोटरसाइकल अनियन्त्रित भई गोदावरी नगरपालिका-२ तेघरीमा शुक्रबार राति दुर्घटना हुँदा उनी घाइते भएका थिए ।
घाइते पण्डितको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।
उक्त दुर्घटनामा धनगढी उपमहानगरपालिका-३ का कमल जोशी गम्भीर घाइते छन् । उनलाई थप उपचारका लागि भारतको हल्द्वानी रेफर गरिएको छ ।
प्रकाशित मितिः २०७६ फागुन ३ शनिबार
Comments