काठमाडौं । काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कबाट सुनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–५ घर भई हाल काठमाडौं गौशाला बस्ने ४० वर्षीय न्हुछेलाल खड्गी लगायत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरु सवार बा १ य १०१२ नम्बरको पर्यटक ट्याक्सीमा जाँच गर्ने क्रममा ट्याक्सीमा लुकाई छिपाई राखेको करिब १ सय ५० ग्राम सुनसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मितिः २०७६ फागुन ०२ शुक्रबार
Comments