काठमाडौं । रसुवागढी नाकाबाट प्रहरीले २ किलो सुनसहित ६ जनालाई पक्राउ गरेको छ ।
ना १ झ ३५४२ नम्बरको टाटा सुमो गाडीमा सवार चालकसहितका ६ जनालाई सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) भाग्येन्द्रपुरुष ढकालले जानकारी दिए ।
‘उनीहरु चीनबाटै नेपाली नम्बरप्लेटको गाडीमा आएका भन्ने कुरा खुलेको छ । अहिलेसम्म २ किलो सुन फेला परेको सूचना पाएका छौं,’ डिएसपी ढकालले भने ।
यससम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मितिः २०७६ माघ १३ सोमबार
Comments