भक्तपुर । नेपाल भ्रमणमा रहेकी बेल्जीयमकि राजकुमारी अष्ट्रिडले आज भक्तपुरका बिभिन्न सम्पदाको अवलोकन भ्रमण गरेकिछन् ।
आज बिहान झन्डै नौ बजे भक्तपुर दरावर क्षेत्रमा आइपुगेकि उनले भक्तपुरका बिश्व सम्पदा क्षेत्रमा सूचिकृत बिभिन्न सम्पदाहरुको अवलोकोन भ्रमण गरेकि हुन् ।
उनले दरवार क्षेत्रमा रहेको चित्रकला संग्रालयमा लगाईएको टेकाका बारे जिज्ञासा समेत राखेकि थिइने भने उनेल राखेको जिज्ञासा बारे नपाका कर्मचारीले प्रष्टाएका थिए ।
सो लगतै उनले गोल्डेन गेटका बारे समेत जिज्ञासा ब्यक्त गरेकि थिइन् । त्यस्तै उनले दरवार क्षेत्रमा रहेका बिभिन्न साना सम्पादा बारे चाख लिँदै तलेजु मन्दिर भित्र रहेको नाग पोखरीमा आफ्नो तस्वीर समेत कैद गर्न भ्याइन् ।
दराव क्षेत्रका सम्पदाको अवलोकन पश्चात उनी पाँच तले मन्दिर पुगरे भक्तपुरका बिभिन्न नाच देवी प्याँख, कवाञ्चा प्याँख, ख्या प्याँख, सिंह प्याँख को अवलोकन गरिन् । झन्डै भक्तपुरमा दुइ घन्टा समय बिताएकि उनलाई स्वागत गर्न नेपाल सरकारका पर्यटन मन्त्री योगेश भट्टराईले आएका थिए । स्वागतका क्रममा मन्त्री भट्टराईले फूलको गुच्छा दिएर स्वागत गरेका थिए भने भक्तपुर नगरापालिकाले खास्टो र सुर्के थैलि दिएर स्वागत गरेको थियो ।
नेपाल सरकारले भ्रमण बर्ष २०२० मनाइरहेको बेला भक्तपुरमा भएको यो उच्च स्तरिय भ्रमणमा भक्तपुर नगरापालिकाले देखाएको आतिथ्यता बारे मन्त्री भट्टराईले नपाका प्रमुख सुनिल प्रजापति लगाएत नपा परिवार प्रति सामाजिक सञ्जाल मार्फत धन्यवाद समेत ब्यक्त गरेका छन् ।
प्रकाशित मितिः २०७६ माघ ७ मंगलबार
Comments