भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-३ कौशलटार चोकमा प्रदेश ३-०२ ००२ प ८०४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर पुरानो ठिमीका ३५ वर्षीय सतेन्द्र लिम्बूको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नागरिक अस्पताल गठ्ठाघरमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार पुरानो ठिमी बस्ने झापा घर भएका ५३ वर्षीय बासुदेव खरेलको सोही अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित मितिः २०७६ माघ ०५ आइतबार
Comments