राजविराज । सप्तरीको राजविराजस्थित एनआईसी एसिया बैंकमा अज्ञात समूहले मङ्गलबार बिहान राखेको बम नेपाली सेनाको टोलीले निस्कृय पारेको छ ।
बैंक खुलेसँगै कार्यालयको भर्याङमा राखिएको बमबारे कर्मचारीले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । जानकारी पाएलगत्तै घटनास्थल पुगेको राजविराजस्थित नेपाली सेनाको भिमदल गणको बम डिस्पोजल टोलीले बम निस्कृय पारेको हो ।
प्रमुख सेनानी गुप्तबहादुर कुँवरका अनुसार तर्साउनका लागि राखिएको होब्स बम प्राविधिक टोलीले बैंकभित्रै राखिएको स्थानमा विस्फोट गरेर सफलतापूर्वक निस्कृय पारेका छन् । विस्फोटले केही क्षति भएको छैन। बम राखिएसँगै मानिसमा त्रास फैलिएको थियो। २ घण्टासम्म बजारमा यातायातसमेत प्रभावित भएको थियो ।
प्रकाशित मितिः२०७६ पौष २९ मंगलबार
Comments