काठमाडौं । विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रले लुम्बिनी, भैरहवा क्षेत्रमा गत साउनदेखि मंसिर मसान्तसम्म १ करोड ८० लाख युनिट विद्युत् चुहावट भएको जनाएको छ । उक्त युनिट बराबर १७ करोड रुपैयाँ हुन्छ । प्रतिमहिना सवा ३ करोड मूल्य बराबरको विद्युत् चुहावट हुने गरेको छ ।
केन्द्रका प्रमुख जितेन्द्रकुमार झाका अनुसार गत साउनमा ७९ लाख युनिट चुहावट भएकोमा मंसिरमा १५ लाख युनिट पुगेको छ । चुहावटमा प्राविधिकतर्फ ५० र अप्राविधिकतर्फ ५० प्रतिशत हुने गरेको छ ।
प्राविधिक भन्नाले तारमा करेन्ट बगेर हुने र अप्राविधिक भन्नाले हुकिङ, मिटर बाइपास, डिमान्ड चुहावट हो । चालू वर्षमा बाइपास मिटर गरेका ४५ र हुकिङमा संलग्न ५ गरी ५० जनालाई कारवाही गरिएको झाले बताए । उनले भने, ‘चुहावट गर्ने घटेका छन्, गत मंसिरसम्म ५० जनालाई कारवाही गरी १२ लाख रुपैयाँ असुली भएको छ ।’
भैरहवा, लुम्बिनी र धकधई क्षेत्रमा मासिक आयात युनिट २ करोड ५६ लाख १२ हजार छ । बिक्री युनिट २ करोड ३९ लाख ८९ हजार छ । केन्द्रमार्फत ७२ हजार ग्राहक लाभान्वित छन् ।
प्रकाशित मितिः२०७६ पौष २९ मंगलबार
Comments