काठमाडौं। उपत्यकाका बिभिन्न स्थानबाट सर्बसाधारण मानिसहरुका ३३ थान मोवाइल प्रहरीले फेला पारेर बुझाएको छ ।
चोरी तथा हराएका मोवाईल खोजतलास गर्ने क्रममा यस महाशाखाबाट मोवाईल खोजतलास अभियान संचालन गरेर उक्त संख्यामा फेला परेका मोवाइल सम्बन्धित धनिलाई बुझाएको हो ।
साथै अन्य फेला नपरेका मोवाईल सेटहरुको खोजतलास तथा अनुसन्धान कार्य जारी रहेको महानगरिय प्रहरी कार्यालय टेकुले जनाएको छ ।
प्रकाशित मितिः २०७६ मंसिर २० शुक्रबार
Comments