गुल्मी। गुल्मीमा १० वर्षीया बालिका बलात्कृत भएकी छन् । बिहीबार बिहान गुल्मीको रुरु गाउँपालिकामा विद्यालय हिडेकी १० वर्षीय बालिका बलात्कृत भएकी हुन् ।
स्कुल जान दाजुहरुसँगै गाडी चढेकी उनलाई चालकले दाजुलाई एक ठाउँमा छोडेर बालिकालाई अर्कै ठाउँमा लिएर बलात्कार गरेको जिल्ला पहरी कार्यालय गुल्मीले जनाएको छ ।
बलाकृत भएकी बालिकालाई चालकले ३० रुपैयाँ दिएर फकाएको पीडिछत बालिकाले प्रहरीसँग बताएको बुझिएको छ ।
साथै बालिकाका बलात्कार गर्ने रुरु क्षेत्र गाउँपालिका-३ लोलङखोलाका ४१ वर्षीय भोजबहादुर सार्कीलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ । बालिकाको स्वास्थ्य जाँचपछि अवस्था सामान्य रहेको देखिएको र घरमा पठाइएको बताइएको छ ।
प्रकाशित मितिः २०७६ मंसिर २० शुक्रबार
Comments