झापा । मेचीनगर नगरपालिका–१२ र बुद्धशान्ति गाउँपालिका–३ को सिमानामा पर्ने धाइजन चोकमा आज बिहान जिपको ठक्करबाट एक वृद्ध पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापाकै बुद्ध शान्ति गाउँपालिका–३ का ७० वर्षीय हरि प्रसाद न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका न्यौपानेको उपचारको क्रममा वि एण्ड सी अस्पताल विर्तामोडमा मृत्यु भएको हो ।
पैदल हिडीरहेका उनलाई आज बिहान साढे ६ बजे विर्तामोडबाट ईलाम जादै गरेको प्रदेश १, ०१—००१ ज ३४०० नम्बरको जिपले ठक्कर दिएको थियो । पैदलयात्रीलाई जिपले ठक्कर दिएपछि पुनः मे १ ज ३१९६ नम्बरको गाडीले समेत ठक्कर दिएको ईलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ । दुबै सवारी साधन सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
प्रकाशित मितिः २०७६ मंसिर २० शुक्रबार
Comments