काठमाडौं। नेकपा सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ । कार्यकारीको भुमिकाम पाएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा पहिलो पटक बैठक बसेको हो ।
प्रधानमन्त्री केपी ओली बिरामी भएर अस्पतालमा उपचार भईरहेको अवस्था छ । उनको अनुपस्थितिमा प्रचण्डले पहिलोपटक बैठक डाँकेका थिए । महासचिव विष्णु पौडेलका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।
कार्यकारीको हैसियत नपाएको भन्दै गुनासो गरिरहेको प्रचण्डलाई ओलीले पार्टी हाक्ने जिम्मेवारी दिएका थिए । दुई अध्यक्षबीच मंसिर ४ गते ओलीले सरकार र दाहालले पार्टी हाँक्ने सहमति भएको थियो।
प्रकाशित मितिः२०७६ मंसिर १८ बुधबार
Comments