काठमाडौं। काठमाडौंको कालीमाटीमा जन्मिएका बैकुण्ठ मानन्धरले सन् १९८७ मा भारतको कोलकातामा ४२ किमि दूरी दुई घण्टा १५ मिनेट तीन सेकेन्डमा पूरा गरेर दक्षिण एशियाली कीर्तिमान बनाएका थिए। आफूले ३६ वर्षको उमेरमा राखेको कीर्तिमान ६८ वर्ष हुँदा पनि कसैले भङ्ग गर्न नसकेको देख्दा मानन्धर आश्चर्य व्यक्त गर्छन्।
उनी अहिले प्रशिक्षकका रूपमा सक्रिय रहेका छन्। मंसिर १५ गते काठमाडौंमा सुरु हुने १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा आफ्नो कीर्तिमान नेपाली धावकले नै भङ्ग गरून् भन्ने उनको चाहना छ।
प्रकाशित मितिः२०७६ मंसिर १० मंगलबार
Comments