काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ४ सय २९ सवारी चालक कारवाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट सोमबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।
कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने १ सय ३ जना, लेन उल्लंघन गर्ने १ सय ६ जना, ट्याक्सी र कार मिटरमा नगई भाडामा मोलमोलाई गर्ने ११५ जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने २३ जना, टिपर कारबाहीमा १२ जना, सिसिटिभीमार्फत कारबाही ६४ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने १ सय ६६ जना, अनावश्यक हर्न बजाउने ४२ जना, ब्हील लकबाट ७४ जना र अन्य ७ सय २४ जना गरी गरी जम्मा १ हजार ४ सय २९ सवारी चालक रहेका छन् ।
यसैगरी काठमाडौं उपत्यकामा सोमबार २६ वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । सो दुर्घटनामा १३ जना सामान्य घाइते भएका छन् ।
प्रकाशित मितिः २०७६ असोज २८ मंगलबार
Comments