काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ३ सय ३० सवारी चालक कारवाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट शनिबार सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।
कारवाहीमा परेकाहरुमा सडक तथा फुटपाथमा पार्किङ गर्ने ४ जना, अनावश्यक हर्न बजाउने ४ जना र अन्य कारबाही ३ सय २२ जना गरी जम्मा ३ सय ३० सवारी चालक रहेका छन् ।
यसैगरी काठमाडौं उपत्यकामा शनिबार १७ वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । सो दुर्घटनामा १६ जना सामान्य घाइते भएका छन् ।
प्रकाशित मितिः २०७६ असोज २६ आइतबार
Comments