भक्तपुर । भक्तपुर नगरपालिकाले लेखापढी व्यवसाय, घरजग्गा कारोबार व्यवसायहरुको १४ वटा फर्ममा अनुगमन गरेको छ ।
नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा १४ वटा फर्ममा अनुगमन गरेकोमा १३ वटा फर्महरु नगरपालिकामा दर्ता नभएको र एउटा मात्र दर्ता भएको पाइएको छ ।
अनुगमनको क्रममा राउट लेखापढी व्यवसाय, भुसेवा केन्द्र, भवानी लेखापढी, तामाकोशी कानुनी सेवा, रामेछाप सुनापति लेखापढी, माँ पलान्चोक भगबति लेखापढी सेन्टर, हाम्रो लेगल सर्भिस, कानुनी सेवा केन्द्र, भद्रकाली कानुनी सेवा, सिद्धि गणेश एण्ड लक्ष्मी हाउजिङ प्रा।लि।, राम लक्ष्मण लेखापढी तथा कानुनी सेवा, जुगल कानुनी परामर्श तथा लेखापढी केन्द्र, सिन्धु कानुनी सेवा तथा लेखापढी केन्द्र भक्तपुर नगरपालिकामा दर्ता नभएकाले तीन दिन भित्र दर्ता गर्न, सेवा शुल्कको सूचि राख्न, शुल्कको लेनदेन पान नम्बर सहितको रसिदबाट गर्न, लेखापढी लगायत अनुमतिको प्रमाण पत्र फर्ममा देखिने गरी राख्न निर्देशन दिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।
यस्तै, अनुगमन टोलीले भिमसेन लेखापढी भने नगरपालिकामा दर्ता भएको भेटिएको र त्यसमा पनि सेवा शुल्कको सूचि राख्न, शुल्कको लेनदेन पान नम्बर सहितको रसिदबाट गर्न, लेखापढी लगायत अनुमतिको प्रमाण पत्र फर्ममा देखिने गरी राख्न निर्देशन दिएको थियो ।
प्रकाशित मितिः २०७६ भदौ ३१ मंगलबार
Comments