काठमाडौँ । प्यूठानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौमुखी गाउँपालिका—२ अर्खाका ७६ वर्षीया किरी बिक रहेका छन् । बुधबार बेलुका चट्याङ लागेर मृत्यु भएका विकको शवलाई पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय प्यूठानले बताएको छ ।
प्रकाशित मितिः २०७६ भदौ ८ आइतबार
Comments