काठमाडौँ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी १८ वर्षीय त्रिशक्ती बर्तौलालाई खुकुरी प्रहार गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । ट्राफिक चोक निवासी २३ वर्षीय महेश हमाल र २२ वर्षीय राजु चौधरीलाई खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । बर्तौलालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राथमिक उपचार पछि थप उपचारको लागी जिल्ला बाहिर रेफर गरिएको छ ।
प्रकाशित मितिः २०७६ भदौ ८ आइतबार
Comments