काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर जान लागेका गैर आवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष भवन भट्ट र संचारकर्मी (शुभदिन अनलाइनका सञ्चालक) सनत न्यौपानेलाई त्रिभुवन विमानस्थलबाटै फर्काइएको छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति बारे जानकारी लिन सिल्क एयरको फ्लाइट नम्बर एसएलके ४१३ (कल साइन एमआई ४१३)बोइङ विमानबाट शनिबार राति १० बजे सिंगापुर जान लागेका उनीहरुलाई एयरवेजका कर्मचारीले विमानस्थलबाटै फर्काइएको हो ।
उनीहरुले अत्याधिक मादक पदार्थ सेवन गरी अभद्र व्यवहार गरेपछि एयरलाइन्सले उनीहरुसंंग उडान गर्न नसक्ने बताउँदै फर्काएको विमानस्थल स्रोतले जनाएको छ ।
प्रकाशित मितिः २०७६ भदौ ८ आइतबार
Comments