काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले नेपाल ल क्याम्पसमा तालाबन्दी गरेका छन् ।एलएलएम प्रवेश परीक्षाको नतिजामा अनियमितता भएको भन्दै मंगलबार विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन् ।
तालाबन्दी पछि जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रवेश परीक्षाको नतिजा एक पटक प्रकाशित गरिसकेपछि पुनः अर्को नतिजा सार्वजनिक गर्दा अनियमितता भएको छ । घटनाको तत्काल छानविन गरी सत्यतथ्य बाहिर नल्याएसम्म अनिश्चितकालिन तालाबन्दी गरिएको छ ।’
प्रकाशित मितिः २०७६ साउन २८ मंगलबार
Comments