काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकी दुतावासले भिसा दिएको छ ।
मंगलबार बिहान क्रिकेटर भिसा दिन अस्वीकार गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले फेरि दिउँसो बोलाएर अन्तरवार्तालगायतको प्रक्रिया पूरा गरेर भिसा दिएको हो ।
भिसा पाएपछि सामाजिक संजाल ट्विटरमा ट्विट गर्दै सन्दीपले दूतावासलाई धन्यवाद् समेत व्यक्त गरेका छन् ।
सन्दीपले क्यारेबियन प्रिमियर लिग ९सीपीएल० खेल्न अमेरिका हुँदै वेस्टइन्डिज जाने तयारी अनुसार दूतावासमा भिसाका लागि आवेदन गरेका थिए। सेप्टेम्बर पहिलो सातादेखि सुरु हुने लिगका लागि वेस्टइन्डिज पुग्नुअघि सन्दीपले अमेरिका भ्रमण गर्न चाहेका थिए।
प्रकाशित मितिः २०७६ साउन २८ मंगलबार
Comments