काठमाडौँ । दैलेखमा एक युवती झुण्डीएको अवस्थामा मृत फेला परेकी छन्। मृत्यु हुनेमा नारायण नगरपालिका—६ की २१ वर्षीया कल्पना सार्की रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
सोमबार राति २ बजेतिर झुण्डीएको अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ। मंगलबार बिहान शवलाई पोष्टमाटमको लागि जिल्ला अस्पताल दैलेखमा लगिएको प्रहरीले जनाएको छ।
प्रकाशित मितिः २०७६ साउन ७ मंगलबार
Comments