काठमाडौँ । देशभरको मौसम मंगलबार सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व र मध्य क्षेत्रमा पूर्ण तथा पश्चिमका क्षेत्रमा सामान्यदेखि पूर्ण बदली हुने मौसमविदले बताएका छन् ।
पूर्व र मध्यका अधिकांश तथा पश्चिमका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ । पूर्व र मध्यका केही तथा पश्चिमका थोरै स्थानमा ठूलो वर्षा हुने जनाइएको छ ।
हाल देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको छ । यस्तै पश्चिममा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा वर्षा भइरहेको छ ।
मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणतिर रहेकाले मनसुन पूर्ण सक्रिय अवस्थामा छैन । तर बंगालको खाडीबाट जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभाव पनि रहेकाले बदली तथा वर्षा भएको हो ।
प्रकाशित मितिः २०७६ साउन ७ मंगलबार
Comments