भक्तपुर । साउनको पहिलो सोमबार आज केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा भक्तजनको बाक्लो उपस्थिति रहेको छ । भगवान शिवको आराधना, तिर्थ व्रत गर्ने महिना भएकाले डोलेश्वर महादेव मन्दिरमा भक्तजनको आज बिहानैदेखि भीड लागेको हो ।
आज पहिलो सोमकार र साउने मेलामा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका विभिन्न ठाउँबाट भक्तजनहरु दर्शन गर्न आएका छन् । मन्दिरमा बिहान ३ बजेदेखि भक्तजनहरु पूजाआजा तथा मन्दिर दर्शनका लागी लाईनमा पालो कुरिरहेका थिए ।
२०६६ साल भाद्र ६ गते केदारनाथको शिर घोषणा गरिएपछि हरेक वर्षको श्रावण महिनाभरी मन्दिरमा पूजा पाठका लागि भक्तजनको भीड लाग्ने गरेको छ ।
यसैबीच केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको आयोजनमा श्रावण १ गतेबाट ३८ दिने श्रावणी मेला सञ्चालन भईरहेको समितिका प्रवक्ता तथा पूवृअध्यक्ष बिदुरमानसिंह बस्नेतले जानकाररी दिए ।
शिवको आराधना अनि जल चढाउने कामनाका साथ अझ बढी भक्तजनले यहाँ दर्शन गर्नुे उनले जानकारी दिए । उनले भने यो महिनामा डोलेश्वर मन्दिरमा झन्डै २० लाख भक्तजनले दर्शन गर्ने छन् । बिगतका बर्षमा भक्तजनको चापलाई नियाल्दा यो बर्ष अझै भक्तजनले दर्शन गर्ने बस्नेतले बताए ।
प्रकाशित मितिः २०७६ साउन ६ सोमबार
Comments