भक्तपुर । नेवा पत्रकार राष्ट्रिय दबु जिल्ला शाखा भक्तपुरको अध्यक्षमा राम गोपाल तमखु सर्व सम्मतले चयन भएका छन् । भक्तपुरमा आज भएको तेस्रो अधिवेशनबाट तमुखुको अध्यक्षतामा ९ कार्यसमितिले चयन भएको हो ।
उपाध्यक्षमा सुरेश श्रेष्ठ, सचिवमा देवेन्द्र प्रजापति, कोषाध्यक्षमा चन्द्रकृष्ण श्रेष्ठ र सदस्यमा रिता दुवाल, प्रकाश मल्ल, राजन गारु, ऋषिकेश श्रेष्ठ र सिमान्त शिल्पकार चयन भएका छन् ।
त्यस्तै पार्षदमा बाबुकाजी श्रेष्ठ, रत्नकृष्ण श्रेष्ठ, पूर्ण भक्त दुवाल, राजाराम नापित र कृष्ण किसी चयन भएका छन् ।
सभाको उद्घाटन गर्दै केन्द्रिय अध्यक्ष श्रीकृष्ण श्रेष्ठले सरकारले ल्याएको मिडिया बिधेयक सरोकारवालाहरुसँगको बिना छलफल र समन्वयको आधार ल्याउन खोज्दा बिरोध भएको बताए । उनले संविधान नै मिडिया सम्वन्धी गलत व्याख्या गरेको बताउँदै उक्त ऐन नै खारेजी गर्नुपर्ने बताए ।
उनले भने नेवारी समुदायको कला संस्कृति र सम्पादाको जीवन्तता र प्रर्वदनका लागि दबुले रचनात्मक भूमिका खेल्न सक्नु पर्ने बताए ।
प्रकाशित मितिः २०७६ साउन ४ शनिबार
Comments