काठमाडौँ । रौतहटमा बाढी प्रभावित इशनाथ नगरपालिकाको बन्जरहामा वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले पिडित जनताहरुको स्वास्थ्य परिक्षण गरेका छन् ।
विनाशकारी बाढीको डुवानमा रहेका इशनाथको बन्जरहामा महामारी फैलने सम्भावना बढ्दै जाँदा आज विहान रौतहट सदरमुकाम गौर औषधी सहित आइपुगेका डा. केसीले बन्जरहाको स्थानीय स्वास्थ्य चौकीमा गएर त्यहाँ आउने विरामीहरुको स्वास्थ्य परिक्षण गरेका हुन् ।
बाढीबाट प्रभावित बस्तीका बासिन्दाहरुमा झाडा पखाला, भाइरल ज्वरो, छाला रोग, डिसेन्टरी लगायतका विरामीहरुको स्वास्थ्य परिक्षण गरेर निशुल्क रुपमा औषधी वितरण गरेका छन् । स्थानीय स्वास्थ्यकर्मीहरुको सहायतामा बन्जरहाका विरामीहरु स्वस्फूर्त रुपमा आएर डा। केसी संग स्वास्थ्य परिक्षण गराए ।
बाढी आएको शुक्रवार आठौं दिन सम्म जिल्ला स्वास्थ्य कार्यालय तथा स्थानीय विपद व्यवस्थापन समितिबाट स्वास्थ्य परिक्षण सम्बन्धी कुनै क्याम्प संचालन नगरेको अकस्मात डा. केसी आएर परिक्षण सुरु गर्दा विरामीहरुको चाप बढको इशनाथ कार्यपालिका सदस्य तथा बन्जरहा निवासी ग्रिषनन्दन सिंहले बताए ।
स्वास्थ्य परिक्षण गर्न आएका डा. केसी संग संचारकर्मीहरु जिज्ञासा राख्दा बाढीको मार खेपिरहेका रौतहटका जनताहरुलाई केही राहत पुगोस भन्ने उद्देश्यबाट यहाँ आएको बताए । आफू नेपाली भएको नाताले आफनै देशका जनताहरु पिडामा रहदा आफू पिडा सहेर बस्न नसकिने बताउदै हरेक नेपालीको सुख दुखमा म सदैव साथमा रहने छु ।
आफू हाडजोर्नी विशेषज्ञ भएपनि जति सक्दो सेवा सुविधा दिएर जनताहरुलाई कष्टबाट निवारण गर्ने आफनो पहिलो कत्तव्र्य रहेको स्पष्ट पारे । आफू जिवित रहे सम्म, मेरो अन्तिम सास चले सम्म नेपाली जनताहरुको कष्ट निवारण गर्ने अभियानलाई निरन्तर रुपमा जारी राख्ने प्रतिबद्धता जनाए ।
प्रकाशित मितिः २०७६ साउन ४ शनिबार
Comments