भक्तपुर । भक्तपुर सुर्यबिनायकबाट विभिन्न रकम तथा अन्य सामानहरु सहित १० जना जुवाडे पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले सुर्यबिनायक नगरपालिका—६ सुर्यबिनायक स्थित हरी बहादुर खड्काको घरमा तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।
बिशेष सुचनाको आधारमा शुक्रबार बेलुका प्रहरीले उनीहरुसँग ३४ लाख बराबरको ६ वटा बैंक चेकसहित एक लाख ३३ हजार ३ सय ५० रुपैया, ६ बुक तास र तास खेल्न प्रयोग गरिने बिभिन्न सामानहरु बरामद गरेको छ । उनीहरुलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर भक्तपुरमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मितिः २०७६ साउन ४ शनिबार
Comments