भक्तपुर । डिभिजन वन कार्यालय भक्तपुरले नगरकोट बन क्षेत्रमा अतिक्रण गरि बनाइएको घर टहरा हटाउन पन्ध्र दिने सूचना जारी गरेको छ ।
भक्तपुर चाँगनारायण नगरापालिका ६ स्थित् कुसुमा सामुदायिक वन लगाएत अन्य वन क्षेत्रमा अतिक्रमण गरि बनाएका १०० भन्दा बढी घर टहरा भत्काउन असार ८ गते सूचाना जारी गरेको हो ।
लामो समय देखि उक्त स्थानमा वन अतिक्रमण गरि बनेका घर टहरा हटाउने जनाउँदै आएता पनि हाल सम्म हटाउन सकेको छैन । वन कार्यालयले तोकेको समय भित्र वन अतिक्रमण गरि बनाएका घर टहरा नहटाएमा वन ऐन २०४९ तथा वन नियमावली २०५१ बमोजिम वन अतिक्रण गरि बनाएका घर टहराहरु हटाई अतिक्रमणकारीहरुलाई प्रचलित कानून बमोजिम कारवाही गरिने डिभिजन वन कार्यालयका प्रमुख प्रेमप्रसाद खनालले जानकारी दिए । उनले भने, लामो समय देखि स्थानीय सरकारले वन अतिक्रमण गरि बनाएका संरचना हटाउन नसकेपछि आफूहरुले उक्त कदम चाल्नु परेको हो ।
वन अतिक्रमण गरि बनाएका संरचना बारम्बार हटाउने निर्णय गरिएता पनि जुन जोगी आए पनि कानै चिरिएको उखान जस्तै बनेको यस क्षेत्रका स्थानीयहरु बताउँछन् ।
प्रकाशित मितिः २०७६ असार १० मंगलबार
Comments