भक्तपुर । भक्तपुर नगरपालिकाका जनप्रतिनिधिले पदभार ग्रहण गरेको दुई बर्षको उपलब्धिबारे आज नगरबासीलाई जानकारी दिन एक कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले जनप्रतिनिधिहरुले आफ्नो जिम्मेवारी निश्पच्क्षे रुपमा बहन गर्नु पर्ने बताए ।
कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आ।व।२०७५।०७६ का लागि चालू तर्फ ८७ करोड ९३ लाख ८८ हजार र पूँजीगत तर्फ ८५ करोड ४३ लाख १२ रुपैयाँ बिनियोजन गरेको जानकारी दिए । उनले २०७६ बैशाख मसान्त सम्म चालू तर्फ बिनियोजित बजेटको ५४६३ प्रतिशत अर्थात ४८ करोड १६ लाख २९ हजार बिभिन्न शिर्षकमा खर्च भएको जानकारी दिए ।
त्यस्तै पूँजिगत तर्फ ३५ करोड ९२ लाख ९ हजार अर्थात ४२ प्रतिशत बिनियोजित बजेट खर्च भएको उनले बताए । उनले भने, नगरपालिकाले साउनदेखि बैशाखसम्मको कूल आन्तरिक आय भन्दा यस आर्थिक बर्ष २०७५÷७६ मा ५ करोड ८० लाख आन्तरिक आय बृद्धि भएको छ ।
नगरपालिकाले पर्यटन शुल्क बापत मात्र २ करोड ९४ लाख २५ हजार आम्दानी गरेको उहाँले जानकारी दिनुभयो । त्यस्तै अन्य कर दस्तुर बापत २ करोड ८५ लाख ७५ हजार आम्दानी गरेको उनले बताए । बिगतमा जनप्रतिनिधि चयन हुनु अघि पार्टीले चुनाव प्रचार प्रसारमा लगायतको घोषणापत्रलाई आधार मानेर नै काम गरिरहेको उनले बताए ।
नगरपालिकाको शिक्षा स्वास्थ र स्थानीयका समस्यालाई मध्यनजर गर्दै बिभिन्न चरणबाट समस्या सम्बोधन तर्फ अग्रसर भएको उनले जानकारी दिए । त्यस्तै नपाले ३४ जना बिद्यार्थीलाई सैक्षिब ऋण उपलब्ध गराउन शिफारि गरिएको जानकारी दिए ।
नपाले कडा रोग मष्तिसक घात, मुटु रोग, क्यान्सर र मृगौला रोग लागेका नगरबासीलाई जनही रु १० हजार उपचार खर्च बापत नगद उपलब्ध गराउँदै आएको प्रजापतिले जानकारी दिए ।
नगरमा सबैभन्दा ठूलो समस्याका रुपमा रहेको खाने पानीलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने तर्फ नगरपालिका लागि परेको र हनुमन्ते खोलाको बिषयमा नगरपालिका गम्भीर भएर लागेको प्रमुख प्रजापतिले बताए ।
उनले भने , २०७२ को भुकम्प पश्चात थपिएको चुनौतिलाई कसरी सहज रुपमा सम्बोधन गर्न सकिन्छ भनेर नगरपालिका हरबखत लागि परेको छ । त्यस्तै सम्पदा पुननिमार्णमा तिव्रता दिएको समेत उनले जानकारी दिए ।
त्यस्तै पाँच नं वडाका वडाअध्यक्ष प्रेम गोपाल कर्मचार्यले चुनावका समय लिएर गएको घोषणा पत्र अनुसार नै काम गरिरहेको जानकारी दिए । जन गुनसोलाई कसरी सम्बोधन गरि समृद्ध वडा हुँदै नगरपालिका बनाउन सकिन्छ भन्ने तर्फ जनप्रतिनिधिहरु लागि परेको उनले बताए ।
त्यस्तै स्थानीय शिव सितिखुले भक्तपुर नगरपालिकाले जन चाहना अनुरुप नै काम गरेको बताए । अन्य स्थानका जनप्रतिनिधिको तुलनामा भक्तपुर नगरपालिकाका जनप्रतिनिधि जनता प्रति उत्तरदायि भएर काम गरेको उनको भनाई छ । त्यस्तै अर्का स्थानीय पुण्यराम कवांले भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरुले चुनावमा जे भनेर भोट माग्न आएका थिए सोही अनुरुप काम गरिरहेको बताए ।
प्रकाशित मितिः २०७६ जेठ ७ मंगलबार
Comments