भक्तपुर । बुधबार भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं १ मनहरा नरेफाँटमा एक युवकको झुण्डीएको अवस्थामा शव फेला परेको छ ।
मनहरा नरेफाँट कखरा स्कुल नजिकै हरिप्रसाद चौलागाईको काठको फर्निचरको सुत्ने टहराको कोठामा मकवानपुर राईगाउँ–३ घर भई हाल सोही फर्निचरमा काम गर्ने १९ वर्षीय बीर बहादुर तामाङको झुण्डीएको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
परिसरका प्रहरी नायब उपरीक्षक रेवतिरमण पोखरेलका अनुसार बुधबार साँझ ५ः४५ बजे झुण्डी रहेको अबस्थामा आफन्तले फेला पारेको र तत्काल अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेका थियो ।
प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ ।
प्रकाशित मितिः२०७६ वैशाख ५ बिहीबार
Comments