भक्तपुर । दुवाकोटबाट स्कुटी चोरी गर्ने एक जनालाई महानगरीय प्रहरी वृत्त ठिमीले पक्राउ गरेको छ ।
प्रहरीले बुधबार राति सवा ८ बजे मध्यपुर ठिमी नगरपालिका–२ दुवाकोटबाट रोशन दुलाललाई पक्राउ गरेको हो ।
बैशाख २ गते बोडेबाट चोरी भएको नमराज खडकाको बा ५७ प ५४५२ नम्बरको स्कुटीसहित दुलाललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रकाशित मितिः२०७६ वैशाख ५ बिहीबार
Comments