बर्दिया । “पिण्डेश्वर शिव–लक्ष्मी धाम” बर्दियाले पाँच दिने पिण्डेश्वर पाँचौ शिव साधनाको आयोजना गर्ने भएको छ ।
साधना बैशाख १६ गतेदेखि २० गतेसम्म पाँच दिन चल्ने शिव–लक्ष्मी धाम बर्दियाकी अध्यक्ष ज्ञानुमाया रिजालले बताइन् ।
बर्दियाको मधुवन नगरपालिका वडा नं. ३ कोठियाघाटको ओमकारेश्वर शिव पञ्चायन मन्दिर परिसरमा साधनाको आयोजना हुने भएकाले उक्त स्थानमा व्यवस्थापनको काम तीब्र गतीमा भइरहेको अध्यक्ष रिजाले जानकारी दिइन् ।
परम उद्धारकर्ता संकटमोचनस्वरुप मदन बाबाको सानिध्यतामा आयोजना हुने यस शिविरमा साधकहरू, भक्ति, भजन, संगीत, ध्यान, जप, आराधना, सत्संग र उद्दारमा सहभागि हुने छन ।
पाँच दिनको बसाईबाट सहभागिहरुले विभिन्न रोग, दोष, बिघ्न र बाधाबाट राहत प्राप्त गर्ने अपेक्षा आयोजकले लिएको छ ।
साधनामा नेपाल, भारत र गैरआवासिय नेपालीहरु गरी करिब ३ हजारको संख्यामा भक्तजन तथा अनुयायीहरुको सहभागिता गराउने गरी आयोजकले आवाशिय तयारी थालेको अध्यक्ष रिजालले बताइन् ।
“पिण्डेश्वर शिव–लक्ष्मी धाम”का देशभरका जिल्ला समितिहरुले विभिन्न शिवीरहरुको आयोजना गर्दै आएको छ । बर्दियामा जिल्लामा गर्न थालिएको यो साधना शिवीर दोश्रो पटक हुन लागेको आयोजकले बताएको छ ।
परम उद्द्धारकर्ता संकटमोचनस्वरुप मदन बाबाको सानिध्यतामा देश विदेशमा करिब पाँच लाख बढी साधकहरु रहेको बताइन्छ ।
प्रकाशित मितिः२०७६ वैशाख ५ बिहीबार
Comments