पोखरा । जबर्जस्ती करणी गरेको आरोपमा चारलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली रहेका छन् । लेकसाइडस्थित एक होटलमा २२ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् ।
ती युवतीमाथि सोमबार जबर्जस्ती करणी भएको र सोही दिन नै चारै जनालाई वडा प्रहरी कार्यालय बैदाम पोखराले पक्राउ गरेको हो।
प्रकाशित मितिः२०७६ वैशाख ३ मंगलबार
Comments