काठमाडौं । देशका अधिकांश स्थानमा मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पश्चिमी भूभागमा मंगलबार सामान्य बदली र पूर्वी तथा मध्य क्षेत्रका भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसमविदले बताएका छन् ।
यसका साथै देशका पश्चिमी भूभागका केही स्थान र मध्य तथा पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग तथा हुरीबताससहित वर्षा असिना पानीको सम्भावना देखिएको छ ।
विशेष गरी पश्चिमी तथा मध्य तराईका स्थानहरुमा हुरी बतासको सम्भावना छ । यसका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी सूचनामा छ ।
प्रकाशित मितिः२०७६ वैशाख ३ मंगलबार
Comments