२०७५ सालका केहि महत्वपूर्ण घटनाहरु

0

काठमाडौँ । २०७५ सालमा नेपाल लगायत विश्वमा धेरै डरलाग्दा र महत्वपूर्ण घटनाहरु भए । नेपालको परिवेशमा बलात्कारपछिका हत्या, बालक अपहरणपछिको प्रहरी इन्काउण्टर, प्रर्यटनमन्त्रीको हेलिकप्टर दुर्घटना, भष्टाचार, सुन काण्डदेखि लिएर पहिलो पटक तराइमा आएको टोर्नाडोले निकै चर्चारपरिचर्चा र क्षति हुन पुग्यो । त्यस्तै विश्वमा १२ बालकसहित एक जना प्रशिक्षक गरी १३ जनाको टिम थाइल्याण्डको एक गुफामा फसेको समाचार, पत्रकार खसोग्गीको हत्या, ट्रम्प–किम भेटवार्ता, मि टू अभियान, पाकिस्तानमा पूर्व क्रिकेटर नयाँ नेतृत्वमा पुगेका समाचरले समेत विश्वको ध्यान तान्न सफल रह्यो ।

दुई कम्युनिस्ट पार्टीको एकता घोषणा

२०७५ को सुरुवातमै नेपालका दुई ठूला कम्युनिस्ट घटक नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा भयो । जेठ ३ गते पार्टी एकता घोषणासँगै एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राखियो । पुनर्गठित पार्टी दक्षिण एसियाकै ठूलो कम्युनिस्ट पार्टी बन्यो ।

वाइडबडी विमान खरिद प्रकरण

वाइडबडी खरिद र यस माथि भएको भ्रष्टाचारको विषयले यस वर्ष निकै चर्चा पायो । प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले नेपाल वायुसेवा निगमले खरिद गरेका २ वटा वाइडबडी जहाजमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको निष्कर्ष सहित प्रतिवेदन जारी गार्यो । प्रधानमन्त्री केपी शर्मा ओली देखि पूर्व प्रधानमन्त्री र पूर्व पर्यटन मन्त्रीदेखि हालका मन्त्रीसम्मको संलग्नता रहेको आशंका गरिएको यस प्रकरण अहिले आएर शुन्य प्राय नै रहेको छ ।

कानुनमन्त्री तामाङको राजीनामा

२०७५ सालमा केन्द्र सरकारका एक मन्त्री विवादमा तानिए । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले बङ्गलादेशमा एमबीबीएस पढ्न जाने छात्राले सर्टिफिकेट पाउन आफ्नो शरीर अरुलाई सुम्पनुपर्ने अभिव्यक्ति दिएपछि तामाङको चौतर्फी आलोचना भयो । मन्त्री तामाङको सर्वत्र आलोचनापछि उनले साउन ८ गते पत्रकार सम्मेलन गरेर राजीनामा दिए ।

भक्तपुरमा बालक अपहरण र इन्काउन्टर

२०७५ साल साउन २१ गते सोमबार भक्तपुरको सूर्यबिनायक जंगलमा प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले जवाफी कारबाहीमा चलाएको गोली लागेर दुई जनाको घटनास्थलमै मृत्यु भएको समाचारले यो वर्षमा निकै चर्चा पायो ।

अपहरणकारीले घटना भएको अघिल्लो साँझ अर्थात साउन २० गते आइतबार काठमाडौं काँडाघारीबाट ११ वर्षीय निशान खड्काको अपहरण गरेर हत्या गरेका थिए । बालकको शव थिमीको नगदेशमा भेटिएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा अपहरणकारी पनि त्यही क्षेत्रमा लुकेको सूचना अनुसार अपहरणकारीलाई पछ्याउँदै जाँदा सुर्यविनायकबाट सिपाडोल जाने बाटोको बीच जंगलमा प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले जवाफी कारबाही भएको थियो । उक्त घटनामा मृत्यु हुनेमा अजय तामाङ र गोपाल तामाङ रहेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारी हेलिकप्टर दुर्घटनामा मृत्यु

नेपाली आकासमा यो वर्षको सबैभन्दा ठूलो दुर्घटनाको रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधन रह्यो ।

पूर्वी नेपालको प्रसिद्ध तीर्थस्थल पाथीभरानजिकै भएको उक्त दुर्घटनामा मन्त्री रवीन्द्र अधिकारी, प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, यति एयरलाइन्सका अध्यक्ष आङ्छिरिङ शेर्पा, हेलिकप्टरका पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका अङ्गरक्षक अर्जुनकुमार घिमिरेको निधनले सबै नेपालीलाई स्तब्ध बनायो ।

प्रधानन्यायाधीशमा दीपकराज जोशी अस्वीकृत

न्यायाधीश दीपकराज जोशी न्यायालयको इतिहासमा संवैधानिक परिषद्बाट सिफारिस भएर पनि प्रधानन्यायाधीश हुन पाएनन् । संसदीय सुनुवाइ समितिले १८ साउनमा उनको प्रधानन्यायाधीश हुन अस्वीकृत गर्यो ।

अख्तियार आयुक्त राजनारायण पाठक घुस काण्ड

अन्य निकाय धेरै भ्रष्टाचार हुने सर्वत्र चर्चा चलिरहेको समयमा यो वर्ष अख्तियार आयुक्त राजनारायण पाठक नै घुस काण्डमा मुछिए । पहिलेदेखिनै विवादित व्यक्तिको छवि बनाएका अख्तियारका पूर्वआयुक्त राजनारायण पाठकले सार्वजनिक सम्पतीका रुपमा रहेको नेपाल इन्जिनियरिङ कलेजलाई व्यक्तिका नाममा बनाई दिने भन्दै ७८ लाख रुपैयाँ घुस लिएका थिए । नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदरकुमार न्यौपाने नै कलेज आफ्नो नाममा बनाउन यो घुस दिएका थिए ।

बारा र पर्सामा आएको ‘टोर्नाडो’

यही चैत १७ गते साँझ बारा र पर्सामा गएको भिषण हुरीमा परी २९ जनाको ज्यान गएको थियो भने सयौँ घाइते भएका थिए । हावाहुरीले घटना प्रभावित क्षेत्रका अधिकांश घरमा ठूलो क्षति पुर्याएको थियो । भीषण हावाको वेग १५० देखि २०० किमी प्रतिघण्टा हुन सक्ने अनुमान समेत गरिएको थियो । यसअघि नेपालमा ‘टोर्नाडो’ को घटना भएको अभिलेख छैन ।

मेलम्ची खानेपानीका नाममा ३८ करोड रुपैयाँ हिनामिना

आयोजना सुरु भएको वर्षदेखिनै विवादित बन्दै आएको मेलम्ची खानेपानी आयोजनाले समेत यो वर्ष निकै चर्चा पायो । मेलम्चीकै नाममा ३८ करोड रुपैयाँमाथि अनियमितता भएको रिर्पोटहरु बाहिर आए । मेलम्ची खानेपानी आयोजनाका लागि ३८ करोड रुपैयाँ भुक्तानीको विषयलाई लिएर अख्तियारले खानेपानी मन्त्रालयबाट फाइल समेत झिकाइयो।

नेपाल ट्रस्टको जग्गामा भएको ५ अर्बको भ्रष्टाचार

नेपाल ट्रष्टले आफू मातहातका जग्गा कौडीको भाउ भाडामा लगाएर अर्बौ रुपैयाँ घोटाला गर्ने गरेको विषयले पनि यस वर्ष नेपाली मिडियामा निकै चर्चा पायो । यसमा भएको अनियमितताको धन राशीको कुरा गर्ने हो भने त वाइडवडीमा भएको अनियमितता भन्दा पनि बढी देखिन्छ । यहाँ करिब ५ अर्बको भ्रष्टाचार भएको छ । प्रधानमन्त्रीलाई नै प्रभावमा पारि पर्यटन व्यवसायी आङछिरिङ शेर्पा जसको स्वर्गिय मन्त्री रविन्द्र अधिकारीसँगै हेलिकोप्टर दुर्घटनामा परि मृत्यु भयो । उनले आफ्नो कम्पनी थामसेर्कु टेकिङलाई ट्रष्टको दरबार मार्गमा रहेको ३० आना जग्गा कौडिको भाउमा हात पार्न सफल भएका हुन् । उनले ३० वर्षकालागि ३० आना जग्गा मात्र १ अर्ब ४९ करोड ६६ लाख रुपैयाँमा हात पारे ।

गुफामा फसेका खेलाडीको उद्धार

यसै वर्ष १२ बालकसहित एक जना प्रशिक्षक गरी १३ जनाको टिम थाइल्याण्डको एक गुफामा फसेको थियो । यस घटनाले पूरै विश्वको ध्यान आकर्षण गर्यो । जुन २४ तारिखका दिन हराएका उनीहरुको उद्धारको लागि विभिन्न देशबाट सुरक्षा टोलीहरु खटिएका थिए । बेपत्ता भएको नौ दिनपछि मात्रै गोताखोरहरुले बालकहरु सुरक्षित भएको जानकारी दिएको थियो । हराएको दुई हप्तापछि उनीहरुको उद्धार भयो । सकुशल उद्धार गरेको भन्दै विश्वभरबाट गोताखोरहरुलाई बधाई दिएका थिए ।

पत्रकार खसोग्गीको हत्या

साउदी अरबका पत्रकार जमाल खसोग्गीको हत्याले यस वर्षको अक्टोबर महिना समवेदनाले भरिपूर्ण रह्यो । निकै नै चतुर्याइँपूर्वक गरिएको उनको हत्याले पूरै पत्रकारिता जगतमा सन्नाटा छायो । सन् १९५८ मा अक्टोबरमै जन्मेका उनको २०१८ अक्टोबर २ तारिखका दिन इस्तानाबुलस्थित साउदी अरबको वाणिज्य दूतावासमा हत्या गरियो । पत्रकार खसोग्गीको जस्तै भेष धारण गरेर दूतावास प्रवेश गरेको मान्छेले उनको हत्या गरेको थियो । तर उक्त हत्या कसले गरेको हो र कुन उद्धेश्यले गरेको हो भन्ने अझै पत्ता लाग्न सकेको छैन ।

पाकिस्तानमा नयाँ नेतृत्व

हुन त यस वर्ष विश्वका कतिपय देशका सरकारले आफ्नो नेतृत्व परिवर्तन गरेको छ । तर यस वर्षको त्यस्ता नेतृत्वहरुको चर्चामा भने पाकिस्तानी प्रधानमन्त्री इमरान खान नै रहे । पूर्व क्रिकेट खेलाडी रहेका इमरान खानले आफू शत्तामा आएपछि देशवासीको हितमा चालेका कदमले उनको लोकप्रियता बढाएको हो । उनले चलाएको अभियान ‘नयाँ पाकिस्तान’ ले आलोचना सँगसँगै प्रशंसा पनि बटुलिरहेको छ । अगस्ट १८ तारिखमा उनी पाकिस्तानको २२ औँ प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका थिए ।

ट्रम्प–किम भेटवार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोन उनबीच जुन १२ तारिखका दिन सिंगापुरमा भेटवार्ता भएको थियो । उत्तर कोरियाले परमाणु निशस्त्रीकरण गर्नपर्ने उद्धेश्यका साथ उक्त बैठक बसेको थियो । विश्व शान्तिका लागि विशेष भेट मानिएको यस वार्ताले अन्तर्राष्ट्रिय स्तरमा निकै नै चर्चा बटुलेको थियो ।

मि टू अभियान

महिलाले आफूमाथि भएको यौनहिंसाबारे खुलेर बोल्ने मि टू अभियानले यो वर्ष सबैभन्दा बढी चर्चा बटुल्यो । हलिउड निर्माता हार्भे विन्स्टिनमाथि अभिनेत्रीहरुले लगाएको यौन हिंसाबाट मि टू अभियान सुरु भएको थियो । त्यसपछि बलिउड नायिका तनुश्री दत्ताले बलिउड नायक नाना पाटेकरले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै उनले पाटेकरमाथि मि टू ह्यास ट्याग लागाइन् । त्यसपछि लामो समयदेखि ओझेलमा परेको मि टू अभियान बलिउड क्षेत्रमा आगोझैँ सल्कियो । बलिउडका नामी हस्ती, खेलाडी, उद्योगपतिदेखि नेताहरु सबैलाई यसले छोयो । यसको असरले नेपालमा पनि निकै तहल्का मच्चायो ।

महिला तथा बालिका बलात्कार, हत्या हिंसा

२०७५ सालमा महिलाहरुको अन्य कुरा सामान्य भएपनि महिला हिंसा कम हुन सकेन । शिक्षा तथा जनचेतनामा सवल भएपनि महिला तथा बालिकाहरु हत्या हिंसाबाट पीडित भएको देखियो । यो परिस्थिती हेर्दा अझैपनि नारीलाई कमजोर बनाइएको देखिएको छ । यस्ता डरलाग्दा हिंसाले गर्दा सामान्य जनजिवनमा पनि महिलाहरु त्रसित भएका छन् । नेपाल पनि अरु विकसीत देशहरुमा जस्तै महिलाहरुको बाहुल्यता कायम राख्नुपर्ने विभिन्न अभियानहरु आएपनि महिलाहरुका समस्याहरुले अझै विश्राम पाएका छैनन् ।

कञ्चनपुरमा बालिका बलात्कार पछि हत्या

१० साउनमा कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटना वर्ष ०७५ को सर्वाधिक चर्चामा रह्यो । यो घटनामा प्रहरीले प्रारम्भिक अनुसन्धानमै लापरबाही गर्दा प्रहरी मात्र होइन, सरकारसमेत आलोचित बन्यो । तर, करिब नौ महिना हुन लाग्दासमेत प्रहरी अनुसन्धान शून्यमै छ । निर्मलाको न्यायका लागि भौतारिएका उनका परिवार र सामाजिक कार्यकर्ताहरुले न्याय पाउन सकिरहेका छैनन् । सरकारको तर्फबाट के हुनु पथ्र्यो के भएन भनेर लेखाजोखा भएन खाली नेताहरुले जे दिए त्यो भाषणमै सिमित रह्यो । यो वर्ष यस्ता घटनाहरु थुप्रै भएका छन् । यसको विरोधमा विभिन्न आन्दोलनहरु पनि भए तर केही सकारात्मक परिणाम आउन सकेन । यसको सकारात्मक परिणाम आउन नसक्नुमा सरकार कहाँनिर चुकेको छ त रु

पोखरामा बालिका बलात्कार पछि हत्या

निर्मला हत्या काण्डका दुई महिना नवित्दै फेरी पोखरामा उस्तै घटना घट्यो । पोखरा महानगरपालिका—२२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रीया सुनारको बलात्कारपछि हत्या आरोपमा उनकै छिमेकी पक्राउ परे। उनकै छिमेकी २७ वर्षीय कुसुम पौडललाई कास्की प्रहरीले समात्यो । रक्सिले मात्तिएर ती अवोध बालिकामाथि पौडलले क्रुर व्यबहार गरि हत्या गरे ।

नेपालमा यस्ता घटनाहरु धेरै भएका छन् । जो दःखी पीडित छ उसलाई दमन अत्याचार भइरहेको छ । यसलाई रोक्न सरकारबाट पहल गरिनुपर्छ । भोटको लागि मात्र लड्नु जनतालाई गरेको वेइमानि हो । यी यस्ता जतिपनि घटनाहरु छन् ती सबै हुनुको पछाडि राजनैतिक तथा सामाजिक कारणहरु हुन्छन् । अबका वर्षमा यस्ता घटना निर्मुल पार्न सरकारको ध्यानार्कष हुन जरुरी छ ।

प्रकाशित मितिः२०७६ बैशाख १ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション