काठमाडौं । ललितपुरको सानेपामा आज बिहान ट्रकले भ्यानलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ।
जनक शिक्षा सामग्री केन्द्रको ना १घ ५३३ नम्बरको ट्रकले तरकारी बोक्ने बा ७च २१३१ नम्बरको भ्यानलाई ठक्कर दिँदा भएको दुर्घटनामा एकजना घाइते भएका छन् ।
गम्भीर घाइते दुई जनाको उपचार क्रममा अल्का अस्पतालमा मृत्यु भएको हो। मृत्यु हुनेमा दोलखाका ४० वर्षीय इन्द्रबहादुर सुनुवार र धनुषाका ४० वर्षीय डोल्मा शेर्पा छन्। घाइते ललितपुर बगमतीकी स्मृति मगरको भने उपचार भइरहेको छ।
प्रकाशित मितिः२०७५ चैत २२ शुक्रबार
Comments