कैलाली । कैलालीको गोदाबारी नगरपालिका–९ बल्मीमा ट्रक र मोटरसाइकल आपसमा ठोकिँक्दा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक डडेल्धुराको नवदुर्गा गाउँपालिका ४ का ५० वर्षिय तेज बहादुर रावल र पछाडी सवार सोही ठाउँका ६० वर्षिय वीर बहादुर रावल रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, सोमबार बेलुकी सवा ७ बजे से ३ प ९४२९ नम्बरको मोटरसाइकल र भे १ ख १४१४ नम्बरको ट्रक आपसमा ठोकिँक्दा गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा सेती अञ्चल अस्पतालमा मृत्यु भएका हो ।
ट्रक चालकलार्ई इलाका प्रहरी कार्यालय चौमालाले पक्राउ गरी आवश्यक कारबाही सुरु गरेको छ ।
प्रकाशित मितिः२०७५ चैत १२ मंगलबार
Comments