काठमाडौँ । चाल्नाखेलमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । पुरानो बसपार्कदेखि दक्षिणकाली रुटमा चल्ने ना३ख १४४४ नंको यात्रुवाहक बस मंगलबार बिहान ७ बजे चाल्नाखेलस्थित हात्तीवनमा दुर्घटना हुँदा २४ यात्रु घाइते भएका हुन् ।
बस फर्पिङबाट पुरानो बसपार्क आउने क्रममा दुर्घटना भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
दुर्घटनामा घाइते भएका २४ मध्ये १२ को मनमोहन अस्पताल स्वयम्भू र १२ जनाको वयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ । घाइतेको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः२०७५ चैत १२ मंगलबार
Comments