काठमाडौं । प्रहरीलाई रु दुई सय रुपैंयाा घुस दिन खोज्दा एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका २७ लैनचौरमा ड्युटीमा खटिएको प्रहरीलाई नगद दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने बा ४ ख ७७४८ नम्बरको मिनीट्रकका चालक ललितपुर सातदोबाटो बस्ने रामेछाप गेलु – २ का ३० वर्षीय भूवनसिंह कार्कीलाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त सवारी स्थानमा जाँच गर्ने क्रममा नियम विपरित चलाएको उक्त मिनीट्रकलाई ट्राफिक नियम अनुसार कारवाही गर्ने क्रममा चालक कार्कीले नगद २ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेपछि मिनीट्रकसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रकाशित मितिः२०७५ चैत १० आइतबार
Comments