सुर्खेत । श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान पक्राउ परेका छन् । शनिबार श्रीमतीको हत्या गरी फरार रहेका सुर्खेतको भेरीगंगा नगरपालिका–१३ चौतारीटोलका ३० वर्षीय पदम परियार पक्राउ परेका हुन् ।
पदमले शनिबार बेलुकी सवा ७ बजे २६ वर्षीया श्रीमती तिलसरा परियारलाई कुटपिट गरी हत्या गरेर फरार रहेका थिए । फरार पदमलाई ईलाका प्रहरी कार्यालय छिन्चुले नियन्त्रणमा लिइसकेको छ । कुटपिटबाट तिलसराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः२०७५ चैत १० आइतबार
Comments