मकवानपुर । मनहरी गाउँपालिका – ९ जयश्री खरङ्गास्थित सडकमा ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।
बुधबार बिहान ना. ६ ख ६६७८ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल खस्दा सो दुर्घटना भएको हो । मृत्यु हुनेमा नुवाकोट बेलकोटगढी नगरपालिका—४ बस्ने १९ वर्षीय रमेश गुरुङ रहेको प्रहरीले बताएको छ ।
गुरुङको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७५ फागुन ८ बुधबार
Comments