काठमाडौं । गए राति साडे ११ बजे त्रिशूली चितवनबाट नुवाकोटतर्फ भुस बोकेर जाँदै गरेको ट्रक पृथ्वीराजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट नदीमा ट्रक खस्दा चालक बेपत्ता भएका छन् ।
ना ३ ख १८३ नम्बरको ट्रक आफैँ अनियन्त्रित भई नदीमा खस्दा धादिङ घर भएका ट्रकका चालक २८ वर्षीय तुलबहादुर गुरुङ बेपत्ता भएका छन् ।
त्यस्तै सहचालक २० वर्षीय सुरज गुरुङले नदीबाट पौडेर ज्यान बचाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बेपत्ता चालकको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मितिः २०७५ माघ ७ सोमबार
Comments